पोखरामा नेकपाको प्रदेशस्तरीय एकता बैठक, ७ सय नेता–कार्यकर्ता सहभागी हुने
  • प्रमुख खबर

Oplus_131072

अषाढ १५, पोखरा ।।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश स्तरीय एकता बैठक बस्ने भएको छ । बैठक अषाढ १७ गते पोखरा जिरोकिलोमिर स्थित गोल्डेन हाउस पार्टी प्यालेसमा हुने भएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको एकतापछि गण्डकीमा नेकपाको यो पहिलो एकता बैठक तथा प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको नेकपाका गण्डकी प्रदेश सह–संयोजक गायत्री गुरुङ (कुसुम)ले जानकारी दिएकी छन् ।

उनका अनुसार स बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ । यस कार्यक्रममा गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, सह–इन्चार्ज त्रय हरि अधिकार (कुमार), श्रीनाथ बराल र अम्रिता थापा मगरको उपस्थिति रहने नेकपाको सचिवालयले जनाएको छ ।

यस्तै प्रदेश संयोजक कृष्ण नेपालीलगायतका नेताहरूको समेत सहभागी हुने जनाइएको छ । विषेशगरी यस बैठकमा नेकपाका केन्द्रीय सदस्यहरुसहित सल्लाहकारहरु, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, एकता पूर्वका दुबै पार्टीका गण्डकी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय आयोग तथा निकायका सदस्यहरु, जिल्ला ईञ्चार्ज तथा सह–ईञ्चार्जहरु, जिल्ला संयोजक तथा सह–संयोजक, गण्डकी प्रदेशका ११ वटै जिल्लाका दुवै पार्टीका पूर्व पदाधिकारीहरुसहित करीब ७ सय जना सहभागी हुने सह–संयोजक गुरुङले जानकारी दिइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्