पेनाल्टीमा चुक्यो नेदरल्यान्ड्स : मोरक्को अन्तिम १६ मा
  • प्रमुख खबर

असार १६, काठमाडौं ।।

फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्यान्ड्स मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ । आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीमा ३–२ गोलले हराउँदै अन्तिम १६ मा पुग्यो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल एक/एक गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ डच टोली चुक्यो ।

त्यसअघि नेदरल्यान्ड्सले खेलको ७२ औँ मिनेटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो । तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए । आजै बिहान भएको खेलमा ४ पटकको विश्वविजेता जर्मनी पनि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ ।विश्वकप फुटबलमा आज राति पौने ११ बजे नर्वे र आइबरी कोस्टले खेल्दैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्