अषाढ ३०, चितवन ।।
पहिरोका कारण अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
यस सडक खण्डको तुइनखोला, केराबारी र जलबीरेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।
सडक अवरुद्धले गर्दा लामो दूरीका सवारीसाधन बिच बाटोमा नै रोकिँदा विभिन्न ठाउँको लागि गन्तव्यमा निक्लिएका सर्वसाधारणले सास्ती भोग्नु परेको थियो।
अहिले तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार(आज) बिहानैदेखि मेसिन परिचालन गरी सडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् ।
हिजो सोमबार साँझ विभित्र ठाउँमा गएको पहिरोले यात्रामा जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक समेत लगाएको थियो । विषेशगरी सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ ।









