कोशी सरकारबाट तत्काल नेपाली कांग्रेस नबाहिरिने, भोलिसम्म पर्खने निर्णय
  • प्रमुख खबर

Oplus_131072

अषाढ ३२, कोशी।।
नेपाली कांग्रेसले काेशी प्रदेश सरकारबाट बाहिरिने विषयमा एक दिन हाेल्ड गर्ने निर्णय गरेको छ। बिहीबार(आज) बसेकाे प्रदेश कार्यदलकाे बैठकले भाेलिसम्म पर्खने निर्णय गरेकाे हाे ।

विषेशगरी कोशी प्रदेशको परिस्थिति अलि फरक भएको र यहाँको सरकार संविधानकाे धारा १६८ (५) काे सरकार भएकाले भाेलिसम्म पर्खने निर्णय भएकाे पार्टीका संसदीय दलका प्रमुख सचेतक गाेपाल तामाङले जानकारी दिए ।

नेपली कांग्रेसले हिजो बुधबार सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगकाे सहकार्य ताेड्ने निर्णय गरेकाे थियाे । तर केन्द्रकाे आधिकारिक निर्णय भने आइनपुगेकाे प्रमुख सचेतक तामाङले बताए ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्