जनकपुरमा कुटिए श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता
  • प्रमुख खबर

Oplus_131072

साउन ५, जनकपुर ।।
श्रम संस्कृति पार्टीका कार्यकर्ता जनकपुरधामस्थित जानकी मन्दिरबाट लखेटिएका छन् । मंगलबार(आज) जानकी मन्दिर दर्शनका साथै राजनीतिक कामका लागि पार्टी अध्यक्ष हर्क साम्पाङ जनकपुर आउने कार्यक्रम थियो ।

आफ्नो पार्टी अध्यक्ष साम्पाङ जनकपुर आउने भएपछि उनलाई स्वागत गर्न नेता/कार्यकर्ताहरु मन्दिर आएका थिए । तर उनलाई स्वागत गर्न आएका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।

विगतमा सम्पाङले गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै हिन्दु सम्राट सेनाले उनलाई निषेध गर्ने जनाएको छ । आफ्ना कार्यकर्ता र नेता कुटिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,”गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !” यसभन्दा अघिपनि उनले एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका थिए ।

यस्तै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् । जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्