साउन ५, काठमाडौं ।।
१५औँ संस्करणको साफ च्याम्पियनसिपको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा भएको छ ।मंगलबार(आज) दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले प्रतियोगिताको औपचारिक रूपमा घोषणा गरेको हो ।
यो दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता हो । आउँदो कात्तिक १८ देखि मंसिर १ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा उक्त संस्करण आयोजना हुनेछ ।
साफका महासचिव पुरुषोत्तम कट्टेलले फिफा विश्वकप २०२६ सम्पन्न भए लगत्तै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताएका छन् ।
प्रतियोगिताको आधिकारिक लोगो साउन ९ गते ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै प्रतियोगिताको गोलाप्रथा साउन १६ गते भुटानको थिम्पुमा हुने साफले जनाएको छ ।









