साउन ७, काठमाडौं ।।
जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ। नेपाल यस प्रतियोगिताको समूह ‘ए’ मा परेको छ। यो समूहमा नेपालसँगै आयोजक राष्ट्र जापान र अफगानिस्तान छन् ।
यस्तै समूह ‘बी’ मा हङकङ, मलेशिया र ओमान परेका छन्। समूह चरणबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्। भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश भने वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले अघिल्लो संस्करण अर्थात् चीनमा सम्पन्न सन् २०२२ को एशियाली खेलकुदमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसबेला नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यसपटक भने नेपालले सिङ्गापुरमा सम्पन्न छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एशियाली खेलकुदमा स्थान सुरक्षित गरेको हो।








