जेन्जी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार बालबन्दी अन्ततः प्रहरीको फन्दामा
  • प्रमुख खबर

साउन ८, पोखरा ।।
कास्की प्रहरीले सराङकोटस्थित बाल सुधार गृहबाट फरार भएका एक बालबन्दीलाई पक्राउ गरेको छ । जेन्जी आन्दोलनका क्रममा उक्त बाल सुधार गृहबाट फरार भएका बालबन्दीलाई करिब एक वर्षपछि पक्राउ गरेको हो ।

जबरजस्ती करणी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका परिवर्तित नाम ८१–८२ कास्की ४८ लाई वडा प्रहरी कार्यालय रामबजारबाट खट्टिएको टोलीले पोखरा १३ माछापोखरीबाट नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र पासवानका अनुसार पक्राउ परेका उनलाई आवश्यक कारवार्हीका लागि बिहिबार नै कारागार कार्यालय कास्कीमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्