साउन १०, काठमाडौं ।।
सीडीएस एण्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने जनाएको छ । आइतबार(आज) एक सूचना जारी गर्दै साउन १५ गतेभित्रमा वार्षिक शुल्क नबुझाएका डिम्याट खाता रोक्का हुने जनाएको हो ।
सीडीएस एण्ड क्लियरिङले यस्तो वार्षिक शुल्क यस पटक साउनको मध्यसम्म थप गरिएको हो । यदि डिम्याट खाता रोक्का भएमा शेयर कारोबार पनि गर्न पाइँदैन ।
यस्तै हरेक वर्ष मेरो शेयरका लागि ५० रुपैयाँ शुल्क बुझाउनुपर्दछ । सो रकम पनि बुझाउन सीडीएससीले आग्रह गरेको छ । हाल नेपालभर ८० लाख ९ हजार ६२३ डिम्याट खाताको संख्या पुगेको छ भने मेरो शेयर सक्रिय खाता संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ ।
अनलाइन प्रणालीबाटै आईपीओ तथा एफपीओ, हकप्रद सेयर भर्नका लागि मेरो शेयर प्रयोग हुने गर्छ । साथै दोस्रो बजारमा बिक्री भएको शेयर हस्तान्तरण पनि यसैबाट हुने गर्दछ ।








