साउन ११, काठमाडौं ।।
गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गर्न गृहमन्त्री गुरुङले सोमबार(आज) बैठक बोलाएका हुन् ।
आज बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेका उनले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको गृहमन्त्रालयको सचिवालयले जनाएको छ।
धार्मिक सद्भाव भड्किदा सुनसरीमा आइतबार राति झडप भएको थियो। उक्त झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
यही विषयलाई लिएर आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे छलफल हुने बताइएको छ ।
गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न सह सचिवको नेतृत्वमा समिति गठन गरेको छ । उक्त छानबिन समिति ५ सदस्यीय रहेको समेत बताइएको छ।








