साउन १५,पोखरा ।।
लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक्ट ३२५ आइका डिस्ट्रीक्ट चिफ एडभाइजर लायन रिशी गिरिको प्रनुख आतिथ्यतामा कार्यक्रमको समापन भएको हो । कार्यक्रममा डिस्ट्रीक्ट एसिस्टेन चिफ एडभाइजर लायन शान्ता थापा, डिस्ट्रीक्ट एसिस्टेन चिफ एडभाइजर लायन सुर्य नारायण बराल, डिस्ट्रीक्ट एडमिनिस्टेटर लायन युवाराज खनाल र डिस्ट्रीक्ट कोर्डिनेटर भोकेसनल ट्रेनिङ्गका चिफ लायन सोनि तामाङ्ग सहित सिमल टुडा टोल बिकास समुहका अध्यक्ष भक्त राज रसाइली, पुन्य भुमी आमा समुहका अध्यक्ष मिना सापकोटा सहितको उपस्तिथि रहेको थियो ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनले राखेको ३ दिने हस्तकला सम्बन्धी तालिममा कुसन, गुडिया सहित मक्कैको खोस्टा बाट बनाइने बुक्के फुल बनाउन सिकाइएको यसै क्लबका संस्थापक अध्यक्ष साथै डिस्ट्रीक्ट एक्जुकेटिभ लायन रोजि श्रेष्ठले बताईन् ।

शिमल टुडा टोल बिकासका अध्यक्ष भक्त राज रसाइलीले टोल बिकासको भवनमा लायन्सले प्रदान गरेको ३ दिने तालिम बाट आफ्नै टोललाई फाइदा पुग्ने बताउदै आगामि दिनमा पनि यस्तै प्रकारका तामिम भए टोल बिकास पनि सहकार्य गर्न तयार रहेको बताए ।
साथै तालिमका प्रशिक्षक तथा यसै क्लबका कोषादक्ष साबित्रा पराजुलीले धन्यवादको मनतब्य दिदै आगामी दिनमा पनि लायन्स बाट अरु क्लबले आबाहान गरेमा निसुल्क तालिम प्रदान गर्ने जानकारी दिए । तीन दिने हस्तकला तालिमका अध्यक्ष तथा बाराही टाउनको अध्यक्ष लायन लक्ष्मी ठकुरिले शिमल टुडा टोल बिकास सङ्ग सहकार्य गर्दै आगामी दिनमा लायन्स क्लब बाट यस्ता थुप्रै तालिम भित्राउदै शिमल टुडामा रहनु भएका महिलालाई रोजगारी प्रदान गर्न सकिने माध्यम बनाउन सहयोग गर्ने बताए ।
डिस्ट्रीक्ट कोर्डिनेटर भोकेसनल ट्रेनिङ्गका चिफ लायन सोनि तामाङ्गले महिलाले जहिले घरका श्रीमान, छोरा सङ्ग पैसा मागेर जीवन चलाउन भन्दा पनि आफैमा आत्मा निर्भर रहन सुझाव दिदै आय आर्जन श्रोतको लागि महिलालाई घरबाट बाहिर निस्कन आबस्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक्ट ३२५ आइका डिस्ट्रीक्ट चिफ एडभाइजर लायन रिशी गिरिले यसरी बनाइएका कुसन, गुडिया लाई बजारीकरण गर्न प्रोत्साहन गर्दै, बाराही टाउन महिला क्लब भएर पनि डिस्ट्रीक्ट कै उत्कृष्ट क्लब मध्येमा यस क्लब पर्ने बताउछन् ।
केयरिङ्ग बाइ शेयरिङ्ग भन्ने डिस्ट्रीक्टको मुल नारालाई सर्थक बनाउन बाराही टाउनले खेलेको कार्यलाई जोड दिदै प्रमुख अतिथिले क्लब अध्यक्ष लायन लक्ष्मी ठकुरि न्युपाने लाई ईन्टरनेसनल पिन बाट सम्मान गरे । बिगत ९ बर्ष देखि सिमल टुडामा कुनै पनि यस्ता तालिम प्रदान न गरिएको र अहिले लायन्स क्लबले दिएको तालिम बाट प्रशिक्षार्थिहरु निकै उत्साहित हुदै खुशी लागेको प्रशिक्षार्थिहरुले बताए ।
तालिममा १८ जना महिलाहरुको सहभागी रहेको थियो । भने कार्यक्रम संचालन यसै क्लबका सचिब लक्ष्मी देबि शर्माले संचालन गरेकी थिन् ।








