सुनको मूल्य घट्यो : तोलाको २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार
  • प्रमुख खबर

साउन १९, काठमाडौं ।।

सुनको भाउ आज तोलामा सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो घटबढ नभएको सुनको भाउ आज सामान्य मात्रै घटेको  हो । अस्ति आइतवार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार  रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ तोलामा ६ सय ५ रुपैयाँले घटेको छ । हिजो ४० रुपैयाँले बढेको चाँदीको भाउ आज ६ सय ५ रुपैयाँले घटेर तोलाको ३ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्