रोहितको कप्तानी र योगदानको क्यानद्वारा प्रशंसा
  • प्रमुख खबर

साउन २६, काठमाडौं ।।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका पूर्वकप्तान रोहित पौडेलले क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै
धन्यवाद ज्ञापन गरेको छ ।

मंगलबार(आज) क्यानले सामाजिक सञ्जालमार्फत पौडेलले नेपाली क्रिकेटलाई दिलाएको उचाइ र कप्तानीको प्रशंसा गरेको हो ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेटको कप्तानका रूपमा उनको नेतृत्वमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको र यो नेपाली क्रिकेटको यात्रामा सधैं गर्वको विषय बनेर रहने समेत क्यानले जनाएको छ ।

हिजो सोमबार मात्रै क्यानले आउँदो एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछाने नेतृत्वमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको थियो । अब नेपाली एकदिवसीय कप्तानको नेतृत्व लामिछानेले गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्