लायन्स डेको अबसरमा बाराही टाउनले गर्‍यो सामाजिक सेवाका कार्य 
  • प्रमुख खबर

साउन २६, पोखरा ।।

लायन्स क्लब अफ पोखरा बाराही टाउनले लायन्स डे तथा एकादशीका अबसर पारी आज पोखरा महानगरपालिका नयाँ गाउँमा रहेको हरियो खर्क अस्पतालमा उपचार गराइ रहेका शिव गौतम लाई रकम तथा लत्ताकपडा र फलफुल सहयोग गरेको छ ।
क्लबको अध्यक्ष लायन लक्ष्मी ठकुरि न्यूपानेको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक कमिटी चियर पर्सन तथा पास्ट डिस्ट्रिक गभर्नर लायन राम बसेलको उपस्थित रहेको थियो । भने डिस्ट्रिक एक्जुकेटिभ कोर्डिनेटर लायन रोजि श्रेष्ठ, डिस्ट्रिक काउन्सिलर लायन आरती अधिकारी, डिस्ट्रिक कोर्डिनेटर लायन ज्ञान बहादुर थापा, जोन चियर पर्सन लयन बिजया लक्ष्मी खड्काको उपस्तिथि रहेको थियो ।

रकम हस्तान्तरणको कार्यक्रममा क्लबकि सचिब लक्ष्मी देबि शर्मा गौतम दिदी बिना खड्काको जन्म दिन पारी रु २१५०१ र लत्ताकपडा सहित फलफूल सहयोग गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बसेलले अन्य लायन्स सङ्ग सहयोगको लागि अपिल गर्ने आश्वासन दिदै बिना खड्का लाई जन्म दिनको अबसरमा रमाउने प्रचलन लाई तोडदै यस्ता अफ्ट्यारोमा परेका लाई सहयोग गरि पुन्य कार्य गरि आफुलाइ समर्पित गरेकोमा धन्यवाद दिए ।

अस्पतालमा उपचार गराइ रहेका शिव गौतम ६ महिना अघि लडेर घाइते भएका थिए । घाइते भएका गौतम लाई परिवारले मनिपाल अस्पतालमा भर्ना गरेका थिए । डाक्टरको सल्लाह अनुसार ढाडको अप्रेसन घरेका गौतम निको भै घर गएका थिए । केही समय पछि पुन स्वास्थमा समस्या देखिएकाले उपचारका लागि पोखरा महानगरपाली नयाँ गाउँमा रहेको हरियो खर्क अस्पतालमा उपचारका लागि आएका गौतम बिगत ४ महिना देखि अस्पतालकै बेडमा लडिरहेका छन ।

अहिले डाक्टरले भने अनुसार गौतमको क्म्मर देखि तल्लो भागमा नसा चुटिएका कारण अचेत छ । निको हुने अवस्था एकदमै कम भएका कारण गौतम थप पिडामा देखिन्छ्न । परिवारका भनाइ अनुसार उपचार गर्दा भएको घर, गाई बस्तु बेचेर सकिएको र अब उपचारका लागि आफ्ना आफन्त बाट सहयोग माग्दै चलाएको जानकारी प्राप्त भयो । बिरामी शिव गौतम हेर्दा टाठाे देखिए पनि शरीर अशक्त भएका कारण थप मानसिक पिडामा देखिए । आर्थिक अबस्था एकदमै कम्जोर भएका कारण सामाजिक संघ संस्थाले सहयो गरिदिएमा थेरापी बाट निको हुने सहास बोकेका गौतमले म बाच्न चाहन्छु भने ।

बिगत ८ बर्ष देखि सामाजिक काम गर्दै आएको महिला मात्रै भएको क्लब लायन्स क्लब अफ पोखरा बाराही टाउनले आज पनि लायन्स डे तथा एकादशीका दिन पारेर गरेको यो सत्कर्म प्रती असाध्यै खुशी लागेको यसै क्लबका संस्थापक अध्यक्ष लायन रोजि श्रेष्ठले बताईन ।

यसरी नै क्लबका सदस्य हरुले आफ्नो जन्म दिन मा केही रकम छुट्टाइ अशक्त ब्यक्ती तथा आबस्यक्ता अनुसार सहयोग गर्ने गरेको क्लब अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यूपानेले जानकारी गराउदै कार्यक्रम संयोजक सचीव लक्ष्मी देबिशर्मा लाई लाई बधाई दिए । बिना खडकाले लायन्स क्लबले गरेका सहयोग प्रती खुशी ब्यक्त गर्दै आफ्नो जन्म दिनमा यसरी अफ्ट्यारोमा परेका ब्यक्ति लाई सहयोग गर्न पाउँदा खुशि लागेको बताईन ।

तपाईको प्रतिक्रिया दिनुहोस्