साउन २७, लुम्बिनी ।।
लुम्बिनीमा सरकार निर्माणका लागि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दुई बुँदे सहमति गरेका छन् । बुधबार(आज) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले सरकार निर्माणका लागि मसालसँग दुई बुँदे सहमति गरेका हुन्।
मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ ।
राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने पनि सहमति छ । लुम्बिनी प्रदेशमा मसालका एक जना सांसद छन् ।








