पाँचौँ पटक सर्यो १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति
  • प्रमुख खबर

Oplus_131072

साउन २७, काठमाडौं ।।
१०औँ राष्ट्रिय खेलकुद प्रतयोगिताको मिति सरेको छ । कर्णाली प्रदेशमा आयोजना हुने यस प्रतियोगिताको मिति पाँचौँ पटक सरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार(आज)बसेको १२५औँ बोर्ड बैठकले मिति फेर्ने निर्णय गरेको हो । अब १०औँ राष्ट्रिय खेलकुद आउँदो मंसिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय भएको छ ।

२०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदपछि कर्णालीले १०औँ संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो ।

प्रतियोगिताका लागि आवश्यक पूर्वाधारलगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति पटक – पटक सरिरहेको छ । पछिल्लो पटक राखेपको १२३औँ बोर्ड बैठकले गएको बैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकिएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्