टप एण्ड टी–२० सिरिजमा नेपालले आज नर्दन टेरिटोरीसँग प्रतिस्पर्धा गर्दै
  • प्रमुख खबर

भदौ ५, काठमाडौं ।।
अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना भएको टप एण्ड टी–२० सिरिजमा नेपालले शुक्रबार(आज)पहिलो खेल खेल्दैछ । आयोजक नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकसँग नेपालले आज यस प्रतियोगिताको पहिलो खेल खेल्ने भएको हो। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ ।

आजको यस खेलमा नेपाली टोली अनिल शाहको कप्तानीमा मैदानमा उत्रँदै छन्। यस्तै अन्य खेलाडीहरुमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन् ।

गत संस्करणमा पनि नेपाल र एनटी स्ट्राइकबीच प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाल ४२ रनले पराजित भएको थियो । गत संस्करणमा पहिलो पटक सहभागिता जनाएको नेपालले यसपटक पनि टप एण्ड टी–२० सिरिज खेल्न लागेको हो ।

नेपालले प्रतियोगितामा ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एनटी स्ट्राइक, बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

विषेशगरी यस खेलले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफूलाई परीक्षण गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्