डीडीसी घिउको अन्तर्राष्ट्रिय बजार यात्रा सुरु, पहिलो ५ सय किलो दुबई निर्यात
  • प्रमुख खबर

Oplus_131072

भदौ ५, काठमाडौं ।।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले
आफ्नो उत्पादन ‘डीडीसी घिउ’ को निर्यात अन्तर्राष्ट्रिय बजार गर्न सुरु गरेको छ । शुक्रबार(आज) नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर डीडीसीले आफ्नो निर्यातको औपचारिक सुरुवात गरेको हो ।

डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ । विषेशगरी मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले जानकारी दिएका छन् ।

उनले उक्त कम्पनीसँग वार्षिक ५० हजार किलो (५० टन) निर्यातका लागि सम्झौता भएको समेत बताए । हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष ५० टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने पनि डा. पाण्डेले बताए ।

डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ । जसअन्तर्गत केही समयपछि जापान र दक्षिण कोरिया लगायतका राष्ट्रमा समेत घिउ निर्यात हुने उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया दिनुहोस्