पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका १०२ वटा शव मध्ये २१ जनाको पोस्टमार्टम ८१ जनाको बाँकी
  • प्रमुख खबर

Oplus_131072

भदौ १३, पोखरा ।।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) १०२ वटा शव मध्ये २१ जनाको पोस्टमार्टम भएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बाढीबाट ज्यान गुमाउनेहरूमध्ये तनहुँबाट २३, गोरखाबाट ११, गैंडाकोटबाट ४१ र धादिङबाट २७ जनाको शव प्राप्त भएको जानकारी दिएको छ । त्यसमध्ये हालसम्म २१ जनाको पोस्टमार्टम सम्पन्न भएको र ८१ जनाको गर्न बाँकी रहेको विज्ञप्तिमार्फत अस्पतालले जनाएको छ।

पोस्टमार्टम सम्पन्न भएकामध्ये २ बच्चा र ७ वयस्क गरी ९ जनाको शव नेपाल मणिपाल शिक्षण अस्पताल पठाइएको छ । हालसम्म ३ जनाको शव पहिचान भई आफन्तले बुझिसकेको पनि अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै ११ भदौदेखि विशेषज्ञ चिकित्सकहरूबाट शवहरूको परीक्षण, पहिचान र पोस्टमार्टम गरी परिवारलाई बुझाउने काम सुरु गरेको जनाएको हो ।

विषेशगरी अस्पताल प्रशासनका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले शवहरूको सूक्ष्म परीक्षण र पहिचानको काम गरिरहेको छ । अस्पतालले शवहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गर्दै जाने पनि बताएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्