काठमाडौं-मुग्लिन सडक भासिएसँगै पूर्णरूपमा बन्द
  • प्रमुख खबर

Oplus_131072

भदौ १४, चितवन ।।
काठमाडौं-मुग्लिन सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा सडक अवरुद्ध भएको हो ।

त्रिशूलीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिएकी छन् । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।

आइतबार (आज) बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक भासिएसँगै केही समयमै पूर्णरूपमा बन्द भएको हो । सडक पूर्णरूपमा बन्द भएपछि यात्रु अलपत्रमा परेका छन् ।

चितवन प्रहरीले अर्को सूचना जारी नभएसम्मका लागि चितवनको नारायणगढबाट काठमाडौं जाने र काठमाडौंबाट यसतर्फ आउने सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्