एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढ्यो
  • प्रमुख खबर

भदौ १६, काठमाडौं ।।
एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले वृद्धि भई ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो एकैदिन ३ हजार र अस्ति ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज भने एक सय रुपैया बढेको हो ।
गएको मंगलबारदेखि लगातार सुनको भाउ घट्दै आएकोमा आज बढेको हो ।

आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ  कायम रहेको चाँदीको भाउ आज चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्