विनाशकारी भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन
  • प्रमुख खबर

भदौ १८, काठमाडौं ।।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको प्राधिकरणले बिहीबार(आज) मध्याह्न १२ बजे जारी गरेको बुलेटिनमा उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार  गरिएको छ । बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्