भाद्र २१, पोखरा
सामाजिक एकता, मानव सेवा, सकारात्मक सोचको आदान-प्रदान तथा उच्च मनोबलको विकासका लागि मन, वचन र कर्मले निरन्तर क्रियाशील रहँदै आएका ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष श्री सुशिला कट्टेल गैरे सम्मानित भएका छन्।
राष्ट्रिय कला, संगीत र स्रष्टाको सम्मान कार्यक्रम-२०८३ अन्तर्गत आयोजित चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३ समारोहमा नेतृत्वद्वय गैरेलाई ‘प्रेरणादायी वक्ता सम्मान’द्वारा सम्मानित गरिएको हो।
सामाजिक एकता, मानव सेवा, सकारात्मक सोच तथा आपसी सद्भावको प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको कदरस्वरूप उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। समाजमा सकारात्मक सोचको विकास, मानवीय मूल्य-मान्यताको संरक्षण तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन नेतृत्वद्वयले निरन्तर विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको केन्द्रीय नेतृत्वमा रहेर अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष सुशिला कट्टेल गैरेले आत्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनीहरूको सक्रियताले सामाजिक सद्भाव, मानव सेवा र सकारात्मक जीवनशैलीप्रति मानिसलाई प्रेरित गर्न सहयोग पुगेको बताइएको छ।
विशेषगरी समाजमा आपसी सहयोग, सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने तथा व्यक्तिमा उच्च मनोबल र सकारात्मक सोच विकास गर्ने उद्देश्यले सञ्चालन हुने विभिन्न गतिविधिमा नेतृत्वद्वयको सक्रिय सहभागिता रहँदै आएको छ। यही योगदान र सामाजिक क्षेत्रमा देखाएको निरन्तर सक्रियताको सम्मानस्वरूप उनीहरूलाई प्रेरणादायी वक्ताका रूपमा सम्मान गरिएको हो।
उक्त सम्मान समारोह काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियो। कार्यक्रममा कला, संगीत, संस्कृति तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका विभिन्न स्रष्टा, कलाकार, सामाजिक अभियन्ता तथा विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली कला तथा संगीत क्षेत्रको विकासमा योगदान पुर्याउने कलाकार र स्रष्टाहरूको सम्मानसँगै समाजका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएका व्यक्तित्वहरूको योगदानलाई समेत कदर गरिएको आयोजकले जनाएको छ।
ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा कला, संगीत, संस्कृति तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता सम्मान कार्यक्रमले कला, संगीत र सिर्जनशील क्षेत्रसँगै सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरूलाई थप प्रोत्साहन मिल्ने तथा समाजमा सकारात्मक काम गर्ने व्यक्तिहरूको योगदानलाई सार्वजनिक रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
सम्मान प्राप्त गरेपछि नेतृत्वद्वय गैरेले सामाजिक एकता, मानव सेवा, सकारात्मक सोच र मानवीय मूल्यको प्रवर्द्धनमा आफूहरूको सक्रियता आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।









