पहिरो व्यवस्थापनको लागि नारायणगढ–मुग्लिन सडक खण्ड आंशिक रूपमा बन्द हुने
  • प्रमुख खबर

Oplus_131072

भदौ २२, चितवन ।।
सोमबार(आज)देखि नारायणगढ–मुग्लिन सडक खण्ड आंशिक रूपमा बन्द हुन थालेको छ । मुग्लिनबजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकोले उक्त सडकखण्ड आंशिक रूपमा बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यतिबेला कृष्णभीरमा सडक मर्मतको कामभैरहेको समय सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान गर्न लागिएको प्रशासनले बताएको छ।

कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि साढे ८ बजे, साढे १० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि साढे १ बजे, साढे ३ बजेदेखि ४ बजे र बेलुका ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । यसबाहेकको समय सवारीसाधन रोकेर काम हुने समेत चितवन प्रशासनले उल्लेख गरेको छ ।

विषेशगरी तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्