सुनगाभा आमा समूहद्वारा विपद् कोषमा ६३ हजार रुपैयाँ सहयोग
  • प्रमुख खबर

भदौ २२, पोखरा ।।
पोखरा–१४ कैलाश टोलमा रहेको सुनगाभा आमा समूहले बाढी प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा विपद् व्यवस्थापन कोषमा ६३ हजार ५ सय ७१ रुपैयाँ जम्मा गरेको छ ।

भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि भन्दै आमा समूहले सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरेको हो ।

विषेशगरी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस आमा समूहले कैलाश टोलमा रकम संकलन अभियान सञ्चालन गरेको थियो। अभियानमार्फत संकलित रकम कोषमा जम्मा गरिएको समूहले जनाएको छ।

“बाढीको विपत्तिमा परेका नागरिकलाई थोरै भए पनि सहयोग होस् र पीडितलाई राहतको महसुस पुगोस् भन्ने उद्देश्यले हामीले रकम संकलन गरेका हौं,” सुनगाभा आमा समूहकी अध्यक्ष रेखा गुरुङले भनिन्। उनले विपद्को समयमा आफ्नो क्षमता अनुसार सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै अभियानमा सहयोग गर्ने टोलवासीलाई धन्यवाद व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्