जेनजी आन्दोलनको एक वर्ष पूरा:बलिदान सम्झिँदै तर परिवर्तन पर्खदै जनता
  • प्रमुख खबर

भदौ २३, पोखरा ।।
भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता स्वरूप ठीक एक वर्ष अघि आज कै दिन देशभर जेनजी आन्दोलन भएको थियो । केही आशा लाग्दा कामको थालनी भएपनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन ।

यस आन्दोलनका क्रममा धेरै युवाहरुले ज्यान गुमाएका थिए । तिनै ज्यान गुमाएकाहरु सम्झना र सम्मानमा स्वरूप सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गत वर्ष ठीक यसै दिन विषेशगरी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन समेत भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने देशभर रहेका सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

उक्त घटना घटेको यो एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन पनि भएको छ । यसै आन्दोलनको जगमा उभिएर अहिलेको नयाँ सरकार समेत बन्यो । अहिलेको सरकारले केही आशा लाग्दा कामको थालनी गरेको भएपनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन भने सकेको छैन ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्