भाद्र २५, काठमाडौं ।।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिश गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले शाहलाई उद्योगमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ । यसअघि आजै गौरीकुमारी यादवले उद्याेगमन्त्री पदबाट राजीनामा दिएकि थिन् ।








