सृष्टि खड्का, नेपाल
भाद्र ३०, पोखरा ।।
चीन जाने कुरा थाहा पाउँदा म निकै उत्साहित थिएँ। मेरो जीवनको यो पहिलो international यात्रा थियो। नयाँ देश, नयाँ मानिस, नयाँ संस्कृति र त्यसमाथि नयाँ प्रविधिसँग प्रत्यक्ष परिचित हुने अवसर यी सबै कुराले यात्रा सुरु हुनुअघि नै मनमा धेरै उत्सुकता पैदा गरेको थियो।
सेप्टेम्बर ६ मा काठमाडौं विमानस्थलबाट Chengdu का लागि उड्दा मेरो मनमा धेरै प्रश्न थिए। चीन कस्तो होला? त्यहाँको विश्वविद्यालयको वातावरण कस्तो होला? आफूले पढ्दै आएको Artificial Intelligence (AI) र नयाँ प्रविधिलाई त्यहाँ कसरी प्रयोग गरिएको होला? यी प्रश्नहरूको उत्तर मैले यात्राका सात दिनमा बिस्तारै पाएँ।
चीन पुगेपछि सबैभन्दा पहिले मलाई त्यहाँको transportation, technology, university environment र मानिसहरूको hospitality ले प्रभावित बनायो। धेरै कुरा नेपालभन्दा निकै फरक देखिन्थ्यो। शहरको व्यवस्थापनदेखि सार्वजनिक यातायातसम्म, प्रविधिको प्रयोगदेखि दैनिक जीवनको शैलीसम्म, हरेक ठाउँमा केही नयाँ कुरा देख्न र सिक्न पाइन्थ्यो।

हाम्रो मुख्य कार्यक्रम University of Electronic Science and Technology of China (UESTC) मा थियो। ‘Dialogue Across the Himalayas’ नामको यो सातदिने study camp नेपालका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूका लागि केवल एउटा शैक्षिक कार्यक्रम थिएन। यो नयाँ ठाउँलाई बुझ्ने, नयाँ मानिससँग चिनजान गर्ने र फरक सोचबाट सिक्ने अवसर पनि थियो।
“किताबमा पढेको विषय र आफ्नै आँखाले देखेको technology बीच ठूलो अन्तर हुँदोरहेछ। चीनबाट फर्किँदा मसँग केही फोटो र भिडियो मात्र थिएनन्। नयाँ ज्ञान थियो, technology लाई हेर्ने नयाँ दृष्टिकोण थियो ।”
कार्यक्रमको सुरुवातमै AI-enabled media industry, digital economy र digital media infrastructure जस्ता विषयमा अध्ययन गर्ने अवसर पाइयो। त्यसपछि human-machine collaborative news production, information governance, AI-enabled rural revitalization जस्ता विषयमा पनि छलफल भयो।
AI मेरो लागि बिल्कुल नयाँ विषय थिएन। तर कक्षामा पढेको AI लाई वास्तविक media industry, content production र communication सँग जोडेर हेर्न पाउनु फरक अनुभव थियो। AI अब भविष्यमा आउने प्रविधि मात्र रहेनछ भन्ने कुरा अझ स्पष्ट भयो। अहिले नै यसले मानिसले काम गर्ने तरिका, समाचार उत्पादन गर्ने प्रक्रिया र digital content बनाउने शैलीमा परिवर्तन ल्याइरहेको रहेछ।

यो यात्राको अर्को विशेष पक्ष थियो—हामीले केवल lecture सुनेर बस्नुपरेन। विभिन्न technology centres, innovation spaces र digital facilities हरू प्रत्यक्ष हेर्ने अवसर पाइयो। Tianfu New Area, Chengdu Sci-Tech Innovation Island र National Supercomputing Center को भ्रमण गर्दा चीनले technology र infrastructure मा गरेको विकासलाई नजिकबाट बुझ्न पाएँ।
त्यसैगरी Xinchuan Heart Future Robot Park र digital cultural तथा creative spaces को भ्रमणले technology केवल computer वा laboratory भित्र सीमित हुँदैन भन्ने महसुस गरायो। यसले entertainment, communication, industry र मानिसको दैनिक जीवनसम्म आफ्नो ठाउँ बनाइसकेको रहेछ।
मेरो लागि सबैभन्दा रमाइलो र नयाँ अनुभवहरूमध्ये एउटा Sichuan University of Media and Communications (SUMC) को भ्रमण थियो। त्यहाँ AI-enabled short videos, AIGC micro-drama creation र immersive technology सम्बन्धी गतिविधिमा सहभागी हुन पाइयो। AIGC master workshop मा practical activities मार्फत generative AI लाई creative content production मा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा सिक्न पाएँ।
किताबमा पढेको विषय र आफ्नै आँखाले देखेको technology बीच ठूलो अन्तर हुँदोरहेछ। त्यहाँ गएर technology कसरी प्रयोग भइरहेको छ भन्ने देखेपछि आफ्नो पढाइ र भविष्यका सम्भावनाबारे सोच्ने तरिका पनि केही फरक भयो। तर यो यात्रा केवल technology र study मा मात्र सीमित थिएन।
Panda Park को भ्रमण, Tianfu New Area को विकास, Sanxingdui Museum को ऐतिहासिक अनुभव र Chengdu का विभिन्न ठाउँहरूको अवलोकनले चीनको अर्को पक्ष पनि बुझ्ने अवसर दियो। नयाँ ठाउँमा पुग्दा त्यहाँको culture, history र people लाई नजिकबाट बुझ्नु पनि यात्राको महत्वपूर्ण भाग रहेछ।
मलाई सबैभन्दा राम्रो लागेको अर्को कुरा त्यहाँका मानिसहरूको व्यवहार र hospitality हो। कार्यक्रमको क्रममा UESTC का professors, students र organizers ले हामीलाई निकै सहज महसुस गराउनुभयो। नयाँ देशमा पुग्दा सुरुमा केही अपरिचित महसुस भए पनि केही समयपछि त्यही ठाउँ आफ्नै जस्तो लाग्न थाल्यो।
विशेषगरी चिनियाँ विद्यार्थीहरूसँगको interaction यो यात्राको सबैभन्दा सम्झनलायक भाग बन्यो। सुरुमा हामी एक अर्काका लागि अपरिचित थियौँ। तर केही दिन सँगै बिताउँदा कुराकानी, हाँसो, खानपिन र सँगै गरेका गतिविधिले नयाँ मित्रता बनाउन सजिलो भयो। भाषा र देश फरक भए पनि युवा पुस्ताका धेरै भावना र रुचि उस्तै हुँदा रहेछन् भन्ने महसुस भयो।

सात दिन कहिले बित्यो, थाहा नै भएन। सुरुवातमा नयाँ ठाउँ र नयाँ मानिससँग घुलमिल हुन समय लाग्ला जस्तो लागेको थियो। तर अन्तिम दिन आइपुग्दा भने छुट्टिन गाह्रो भयो। केही दिनअघि मात्र भेटेका मानिसहरूबाट बिदाइ लिनुपर्दा यात्रा कति छोटो रहेछ भन्ने महसुस भयो।
Closing Ceremony मा पुग्दा यो यात्रा सकिन लागेको महसुस भएको थियो। चीनबाट फर्किँदा मसँग केही फोटो र भिडियो मात्र थिएनन्। नयाँ ज्ञान थियो, technology लाई हेर्ने नयाँ दृष्टिकोण थियो, फरक culture बुझ्ने अवसर थियो र सबैभन्दा महत्वपूर्ण—नयाँ मित्रहरू थिए।
मेरो लागि ‘Dialogue Across the Himalayas’ एउटा study camp भन्दा धेरै ठूलो अनुभव बन्यो। यसले मलाई AI र नयाँ technology बारे सिकायो, तर त्यससँगै मानिससँग जोडिन, फरक culture बुझ्न र आफ्नो देशबाहिरको संसारलाई नजिकबाट हेर्न पनि सिकायो।
नेपाल र चीन हिमालयले जोडिएका दुई छिमेकी देश हुन्। यस्ता youth exchange कार्यक्रमले दुई देशका मानिसबीचको सम्बन्धलाई अझ नजिक बनाउन सक्छन् भन्ने मलाई लाग्छ।
खड्का पोखरा जेसिजले आयोजना गरेको मिस पोखरा २०२४ की विजेता हुन्।









