भोटेकोशी बाढीपछि चिलिमेको सुरुङमा गरिएको खोजी कार्यका क्रममा भेटिए ३ शव
  • प्रमुख खबर

Oplus_131072

भदौ ३१, रसुवा ।।
रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ३ वटा शव फेला परेको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा अझै पनि खोजी कार्यलाई तीव्र बनाएको छ । यसै खोजीका क्रममा बुधबार(आज) दिउँसो ३ वटा शव भेटिएको र तीमध्ये २ वटा निकालिसकेको नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ३ वटा शव भेटिएका हुन् । भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशङ्कामा खोजी तथा उद्धार कार्य चलिरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्