तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्ले दिए सुझाव
  • प्रमुख खबर

असोज ४, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार(आज) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

विषेशगरी हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

यस्तै तराईका एक/दुई ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ । गएराति देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो ।

यसैबीच यही असोज ८ गते अर्थात् बिहीबारदेखि पाँच दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसैअनुसार पूर्वतयारी गर्न त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले आग्रह गरेका छन् ।

त्यस्तै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि मौसमको पूर्वानुमानसहित ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भैरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्