अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे सीआईबीको नियन्त्रणमा
  • प्रमुख खबर

Oplus_131072

असोज ५, काठमाडौं ।।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले
नेपाल फुटबल संघ(एन्फा) का दुई जना कर्मचारी पक्राउ गरेका छन् । खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई गएराति सिआईबीले पक्राउ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पत्र तथा वसन्त रिजालले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताए ।

यसअघि सीआईबीले एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मार्दै केही कागजात नियन्त्रणमा लिएको थियो । अहिले एन्फा निलम्बनमा परेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपाललाई निलम्बनमा राखेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्