असोज, ०५ काठमाडौं ।।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ ।
यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आजको कारोबार बन्द गरेको नेप्सेले सूचनामार्फत जनाएको छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीअनुसार आजको कारोबार स्थगित गरेको नेप्सेले जनाएको छ । अघिल्लो कारोबार दिन नेप्से २२.८५ अङ्कले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेर बन्द भएको थियो ।








