त्रिपुरेश्वर बस आगलागीमा गम्भीर घाइते चालकको मृत्यु
  • प्रमुख खबर

असोज ६,काठमाडौं।।

त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा आगलागी भएको थियो। आगलागीमा परी गम्भीर घाइते भएका चालकलाई दिउँसो करिब १ बजे कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको देखिएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आगलागीका बेला बसमा यात्रु भने नरहेको प्रहरीले बताएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्