मलेसियाको रोजगारीमा सिन्डिकेट अन्त्य गर्न दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
  • प्रमुख खबर

असोज ६, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच टेलिफोन वार्ता भएको छ । विषेशगरी नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन दुई देशका प्रधानमन्त्रीबीच मंगलबार(आज) टेलिफोन वार्ता भएको हो ।

यस्तै उक्त टेलिफोन संवादमा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताए। यसको प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताएको दाहालले जानकारी दिए।

त्यस्तै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको भन्दै त्यहाँका श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गरेको उनले बताए । यस अघि मलेसियाले नेपालका झण्डै एक हजार एक सय म्यानपावरमध्ये २५ वटालाई मात्रै छनोट गरेको विषय विवादित भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्