श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टोलीको सेमिफाइनल यात्रा पक्का
  • प्रमुख खबर

Oplus_131072

असोज ८, काठमाडौं ।।
जापानमा भइरहेको २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा ३४-२५ ले विजयी भएको हो । नेपाल यसअघि थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो ।

समूह ‘बी’ बाट नेपाल र चाइनीज ताइपेइ सेमिफाइनल प्रवेश गरेका हुन् ।सेमिफाइनलमा पुगेसँगै नेपालले महिला कबड्डीमा पदक जित्ने निश्चित भएको छ ।

अब नेपालले फाइनल प्रवेशका लागि भोलि शुक्रबार खेल्नेछ । यसभन्दा अघिल्लो संस्करण अर्थात १९औं एसियन गेम्समा नेपाली महिला टोलीले कबड्डीमा कास्य पदक जितेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्