गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश ६३८ मतसहित निर्वाचित
  • प्रमुख खबर

असोज १३, काठमाडौं ।।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनी १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

यस्तै उपसभापति विश्वप्रकाश शर्मा झापा-१ बाट निर्वाचित भएका छन् । उनले मतदानमार्फत ६३८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसको महाधिवेशन यही असोज १६ गतेका लागि तय भएको थियो तर बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ । संस्थापन इतरको शेरबहादुर देउवा समूहले पनि छुट्टै महाधिवेशनको तयारी थालेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्