वर्षाले रोक्यो सेमिफाइनलमा जाने नेपालको सपना, क्वाटरफाइनल नखेली प्रतियोगिताबाट बाहिरियो
  • प्रमुख खबर

Oplus_131072

असोज १३, काठमाडौं ।।
२०औँ एशियन खेलुकद अन्तर्गत नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल वर्षाका कारण रोकिएको छ । मंगलबार(आज) बिहान हुनुपर्ने खेल वर्षाका कारण रोकिएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाबीचको खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नभए उच्च वरीयताको टोली अघिल्लो चरणमा जाने नियमानुसार श्रीलङ्का सेमिफाइनलमा पुगेको हो भने नेपाल बाहिरिएको हाे ।

टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४औं स्थानमा छ । नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो । यसअघि हिजो तय भएका क्वाटरफाइनल खेल पनि वर्षाले रद्द भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्