मौसम : आंशिकदेखि सामान्य बदली
  • प्रमुख खबर

असोज १६, काठमाडौं ।।

गएराति देशका केही ठाउँमा छिटपुट पानी परेको छ । तर ठूलो पानी परेन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि ठूलो वर्षाको सम्भावना छैन ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ  ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्