असोज १९, काठमाडौं ।।
जापानको नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको २०औँ एशियाली खेलकुद सम्पन्न भएको छ । १६ दिनसम्म चलेको उक्त एसियाड औपचारिक रूपमा हिजो शनिबार सम्पन्न भएको हो ।
एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेको प्रतियोगितामा नेपालले भने दुईवटा कांस्य पदक मात्र सीमित रह्यो ।
करातेका तेन्जिङ शेर्पाले नेपाललाई व्यक्तिगततर्फ कांस्य पदक दिलाए भने नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा कांस्य पदक जितेको छ ।
नेपालले यसपटक २१ खेलमा १ सय ३५ खेलाडी सहभागी गराएको थियो । तर छिमेकी राष्ट्र चीनले भने १ सय ६२ स्वर्ण, ८१ रजत र ७३ कांस्यसहित कुल ३ सय १६ पदक प्राप्त गर्दै पदक तालिकामा शीर्ष स्थानमा रह्यो ।
आयोजक राष्ट्र जापानले ७२ स्वर्ण, ८३ रजत र ८५ कांस्यसहित कुल २ सय ४० पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। यस्तै तेस्रोमा साउथ कोरिया रहेको छ । अब हुने २१औँ एसियाली खेलकुद सन् २०३० मा कतारको राजधानी दोहामा हुनेछ ।









