असोज २१, काठमाडौं ।।
आज पनि एक,दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी एक,दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । हिमाली थोरै ठाउँ र पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ ।
आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरीसहितको असिनापानी पर्न सक्ने देखिएको छ ।
छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसम बिदको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
गएराति बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।







