असोज २३, काठमाडौं ।।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार(आज) बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ वटा
एजेण्डाहरु पारित गरेको छ । आज बसेको उक्त बैठकले विभिन्न एजेण्डाहरु पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
ती एजेण्डाहरुमा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जन जागरण तथा सङ्गठन सुदृढीकरण अभियान, महाधिवेशन र अधिवेशनहरबारे, केन्द्रीय कार्य समिति गठन र बैठक, केन्द्रीय सचिवालय गठन तथा बैठक, कार्य विभाजन र विविध विषयहरू पारित भएको बताइएको छ ।
यस्तै ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ।









