असोज २७, पोखरा ।।
मंगलबार(आज) नवरात्रको तेस्रो दिन दशैँघरमा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने धार्मिक मान्यता रहेको छ।
चन्द्रघण्टा देवीको स्वरूप सामान्य, शान्त, एवम् करुणामयी छ । विषेशगरी गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्छन् । नवरात्रको पहिलो दिन आइतबार दशैँघरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
दोस्रो दिन हिजो सोमबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नौ दिनसम्म विभिन्न देवीको पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
नवरात्रका अवसरमा पोखरा लगायतका देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ ।








