असोज २७, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार(आज)
तराईमा मौसम मुख्यतया सफा रहने जनाएको छ । तर कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा तथा बाँकी हिमाली र पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बुधबार भने सबैजसो भागमा मौसम सफा रहनेछ ।
यस्तै बागमती, गण्डकी र लुम्बिनीको पहाडी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।








