सांसद खगेन्द्र सुनारको अडियोलाई लिएर रास्वपाको अनुशासन आयोगले छानबिन थाल्यो
  • प्रमुख खबर

असोज २७, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारको अडियो प्रकरणलाई लिएर पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणलाई लिएर छानबिन थालेको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार(आज) विज्ञप्ति जारी गर्दै उनीमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका छन् ।

अहिले यस विषयलाई लिएर पार्टीको धारणा आइसकेको र अनुशासन आयोग स्वतन्त्र भएकोले आफूहरुले प्रमाणहरु संकलन गरिरहेका रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले बताएका छन् ।

उनले अडियोमा आएका कुरा गम्भीर प्रकृत्तिको रहेको बताउँदै त्यसको गाम्भीर्यतालाई हेरेर छिटो निष्कर्षमा पुग्ने उनले जानकारी दिए । उनले आरोप लागेका व्यक्तिलाई आफ्ना धारणा राख्नु दिनुपर्ने भएकाले सांसद सुनारलाई पनि भेटेर कुरा गर्ने बताए।

सांसद सुनारले एक महिलालाई अश्लिल गालीगलौच गरेको, धम्की दिएको अडियो सोमबार सार्वजनिक भएको थियो । सांसद सुनारको यो अडियोलाई संसदीय दलले पनि गम्भीरतापूर्वक लिएको सचेतक प्रकाशचन्द्र परियारले बताए ।

उनले पार्टीले विधि पछ्याउने तर गलत गतिविधि गर्नेलाई रक्षा न बताउँदै अडियोमाथि छानबिन हुनेवर यदी त्यो सम्बन्धित व्यक्तिको हो भन्ने प्रमाणित भयो भने पार्टी एउटा व्यक्तिको पछि सती जान नसक्ने पनि स्पष्ट पारे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्