सुनको भाउ ओरालो लाग्ने क्रम जारी, तीन दिनमा ७ हजार घट्यो
  • प्रमुख खबर

असोज २८, काठमाडौं ।।
सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ । सुनको मूल्यमा गिरावट आएसँगै बुधबार(आज) सुन तोलाको २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार पछिल्लो तीन दिनमा सुन तोलामा ७ हजार रुपैयाँ घटेको छ ।

यस्तै हिजो मंगलबार सुन तोलामा २ हजार २०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ३५५ रुपैयाँ थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्