आज देशभर मौसम सफा
  • प्रमुख खबर

काठमाडौँकाे तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुबाट बिहीबार ड्रोन क्यामराबाट खिचिएकाे बाक्लाे बस्ती । तस्बिर : हरिराम भेटुवाल/ रासस

मंसिर ०६, पोखरा ।।

आज देशभरका धेरै ठाउँको मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । मधेश, कोशी, गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ ।

बाँकी क्षेत्रमा मौसम सफा छ । आजराति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनयता बिहानपख तराई  क्षेत्र, उपत्यका तथा खोँचहरूमा कुहिरो तथा हुस्सु लाग्दै आएको छ ।

आज बिहान पनि कतै कतै हुस्सु र कुहिरो लागेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्