गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली पठायो
  • प्रमुख खबर

पोखरा ।।

गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो।

प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए।

प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रूकुम पश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्