पोकोम्याटले आयोजना गरेको एस.ई. ई फूटसल कप सम्पन्न
  • संजय थापा

पोखरा ।।

पर्यटकीय राजधाननी पोखराको महेन्दपुलमा अबस्थित
पोकोम्याटको आयोजनामा एस.ई. ई फूटसल कप सम्पन्न भएको छ । चैत्र २९ गते देखि ३१ गते सम्म खेल संचालन भएको थियो । खेलमा ६७ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको फाइनल खेलमा एलसी ब्रदरले मुखिया बार्बरलाई ३-१ को अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । फाइनल खेलमा स्वागत रानाभाट ‘म्यान अफ दी म्याच’ घोषित भए ।  पहिलो सेमिफाइनलमा मुखिया बार्बर १–० केल्स एकेडेमी फरक पर्यो भने म्यान अफ दी म्याच हुन बिपिन गुरुङ सफल भए । दोस्रो सेमिफाइनलमा एलसी ब्रदर ३–१ स्नीकर भल्ट रहे भने म्यान अफ दी म्याचमा सफल बराइलीले हात पारे । म्यान अफ दी सिरिज दिनेश उपरकाेटी, टप स्कोरर बिपिन गुरुङ ९ गोल गर्न सफल भए ।

प्रतियोगिता SEE विद्यार्थीहरूका लागि मात्र आयोजना गरिएको थियो । जसले उनीहरूमा खेल भावना, सहकार्य, अनुशासन र प्रविधि शिक्षा प्रति जागरुकता बढाउने उद्देश्य राखेको Pocomat का CEO कार्यक्रमका संयोजक राजकुमार गुरुङ (टाइसन गुरुङ) जानकारी दिए । कार्यक्रममा प्रतियोगितामामा भाग लिने विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए भने  आगामी दिनहरूमा पोकोम्याटले अझ ठूला कार्यक्रम आयोजना गर्ने बताएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रू १०००० मेडल र प्रमाणपत्र र कम्प्युटर कोर्समा १००% छात्रवृत्ति त्यसै गरी द्वितीय हुनेलाई नगद रु ६००० मेडल र प्रमाणपत्र र कम्प्युटर कोर्समा ५० प्रतिशत छात्रवृत्ति रहेको थियो। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई कम्प्युटर कोर्समा २०% छुट प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्