नेपाली कांग्रेसको गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिरमा हुने
  • प्रमुख खबर

Oplus_131072

कार्तिक ११, काठमाडौं ।।
नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन मंसिरमा हुने भएको छ । पार्टीका नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न अधिवेशन गर्न बाँकी रहेका जिल्ला र प्रदेश मंसिर मसान्तसम्म गरिसक्ने बताए । तर अधिवेशन मिति भने केन्द्रीय कार्यसमितिको बैठकबाट टुङ्गो लगाउने जानकारी दिए ।

उनका अनुसार भोलि बिहीबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण भएको र शपथपछि केन्द्रीय कार्यसमितिको बैठक बसेर मिति तय हुनेछ । गत असोज १८ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गरेको कांग्रेसले त्यस समय जिल्ला र प्रदेश अधिवेशन बाँकी राखेर मातहतका अरू अधिवेशन मात्रै गरेको थियो ।

विषेशगरी पार्टीले वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो । एउटा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ भने बाँकी ४२ जिल्लामा अधिवेशन गर्न बाँकी छ । निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिने भएकाले एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन गरिएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्