गण्डकी कोटीहोम विधिवद रूपमा सुरु, स्वामी कैलाशानन्दद्वारा उत्घाटन
  • प्रमुख खबर

पोखरा ।।

पोखरा-१७ बिरौटा स्थित हरिहर मन्दिरमा विधिवद रुपमा गण्डकी कोटीहोम सुरु भएको छ। मानव सेवा फाउन्डेसनको आयोजनामा बुधबारबाट विधिवद रूपमा उक्त महायज्ञ सुरु भएको हो ।

भारतका चर्चित स्वामी कैलाशानन्दले उक्त कोटीहोम महायज्ञको उद्घटान गरेका छन्। महायज्ञको उद्घटानसँगै उनले कृष्णलिला कथा सुनका थिए ।

यस महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजले उनको उपथितीले महायज्ञको थप शोभा बढाएको बताएका छन् ।

दैनिक रुपमा कथा वाचन गर्दै आएकी कथा बचिका देवी प्रतिभाको महायज्ञमा आज अन्तिम दिन रहेको छ ।

यस अघि कथा वाचिका अनुराधा पाण्डेले आफ्नो कथा बाचन सकिसकेकी हुन भने अब यसपछि दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका प्रख्यात धर्मगुरुहरूले पनि कथावाचन गर्ने आयोजकले जनाएको छ ।

यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्